‘तिम्रो मेरो साथ’ को दमक सम्मको प्रचार यात्रा
पुष २९ बाट रिलिज हुने फिल्म ‘तिम्रो मेरो साथ’ को टिमले मोफसल टूर सम्पन्न गरेको छ । पोखराबाट सुरु भएको नेपाल टूर झापाको दमकमा पुगेर समापन गरेको हो । पोखराबाट फिल्मको टिम चितवन पुगेर चितवनका बिभिन्न क्याम्पस, हल र मलमा दर्शकसंग साक्षात्कार गरेको थियो त्यहाँ फिल्मको शिर्ष गीत पनि सार्वजनिक गर्यो ।

चितवन भ्रमणपछि कलाकार पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिम हेटौंडा हानिएको थियो । हेटौंडामा पत्रकार सम्हेलन गरेर टिमले फिल्मबारे जानकारी दियो । हेटौंडाका संचारकर्मीसंगको सक्षात्कारपछि टिम सर्लाहीको लालबन्दी पुगेको थियो ।

लालबन्दीमा कन्सर्ट गरेको टिमले दर्शकको उल्लेख्य साथ पायो । साम्राज्ञी, पुष्प र सन्दीपले दर्शक झुमाए । दर्शक संख्या बढी हुँदा प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । लालबन्दीमा साम्राज्ञी, पुष्प र सन्दीपको बबाल क्रेज देखियो । दर्शकहरु कलाकारसंग फोटो खिच्न उत्साहित देखिन्थ्ये ।

लालबन्दीको सफल भ्रमणपछि ‘तिम्रो मेरो साथ’ टिम इटहरी र दमक हानिएको थियो । इटहरीमा सिनेमाको टिमले शहर परिक्रमा गरेको थियो । अटो रिक्सामा सिनेमाको पोस्टर टाँसेर शहरको चक्कर लगाउदा दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको थियो ।
इटहरीमा पत्रकार भेटघाट गरेपछि टिम दमकतर्फ लागेको थियो । दमकमा प्रेसमिट गरेपछि शनिबार निर्माण पक्ष राजधानी फिरेको छ । अब निर्माण पक्षले काठमाडौँ उपत्यकामा प्रचारका कार्य गर्नेछ ।

प्रेमकथामा आधारित सिनेमाको ट्रेलर र गीत संगीतले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएकाले सिनेमाले पनि राम्रो प्रतिक्रिया पाउनेमा आशावादी देखिएको छ । सिनेमामा पुष्प, साम्राज्ञी र सन्दीपसंगै सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल÷योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।
For More videos Log on to Mazzako TV