झिल्को, कुरा हो दिलको !
चलचित्रको नाम राखिएको छ ‘स्पार्क’ अर्थात् ‘झिल्को’ । विहिबार पत्रकार भेटघाटको कार्यक्रम राखेर चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको छ । चलचित्र ‘स्पार्क’मा शान्ति पोखरेलको लगानी रहनेछ भने चलचित्रलाई जनक पाण्डेले निर्देशन गर्नेछन् ।
‘अभिभावकबाट छुट्टिएका सन्तानले कस्तो समस्या भोग्नु पर्छ भन्ने कुरा फिल्ममा देखाइनेछ ।’ चलचित्रको बारेमा निर्देशकको भनाई यस्तो छ । जेठ २० गतेबाट फ्लोरमा जान लागेको यस चलचित्रमा एनी कुँवर र सन्दिप श्रेष्ठ मुख्य भूमिका देखा पर्दैछन । अन्य कलाकारहरु भने नयाँ अनुहारहरु रहेको बुझिएको छ ।
चलचित्रको शुभ मुहूर्त कार्यक्रममा फिल्मकर्मी राजेन्द्र शलभले एक्सन भने दिनेश डिसीले क्ल्याप पड्काए भने चलचित्रका कलाकार एनी र सन्दिपले शुभ मुहूर्त सट दिएका छन् । कार्यक्रममा वरिष्ठ फिल्मकर्मी यादव खरेललले फिल्मको सफलताको शुभकामना दिए ।
रामशरण उप्रेतीको छायाँकन रहने ‘स्पार्क’ लाई काठमाण्डौं, पोखरा र पाल्पामा खिचिनेछ । कविद बज्रको संगीत एवं कविराज गहतराजको नृत्य रहनेछ । चलचित्रमा फाईटको सिन भने हुनेछैन ।
For More videos Log on to Mazzako TV