नेपाली चलचित्र ‘साँघुरो’ बेलायतको प्रसिद्ध ‘च्यानल फोर’ बाट प्रसारण हुने भएको छ । बुधबार काठमाण्डौंमा चलचित्र ‘साँघुरो’ मे २२, २०१४ मा च्यानल फोरबाट प्रसारण हुने जानकारी गराईएको छ । सम्भवत नेपाली चलचित्रको इतिहासमा अन्तराष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनलागेको यो नै पहिलो चलचित्र हो ।

Saghuro 2

गत बर्ष बैशाखमा नै सार्वजनिक प्रर्दशन भईसकेको चलचित्र ‘साँघुरो’ यसपाली नेपालको तर्फबाट सार्क फिल्म फेस्टिभलमा पनि मनोनित भएको छ । चलचित्र २१ मे २०१४ मा प्रर्दशन हुदैछ । मौलिक कथाबस्तु भएको सिनेमा नेपाली पारामा बनाईयो भने चलचित्रले विदेशी बजारमा पनि राम्रो ब्यापार गर्न सक्छ भन्ने सन्देश चलचित्र ‘साँघुरो’ले दिएको निर्माण युनिट बताउछ । चलचित्र ‘साँघुरो’ ब्यबसायिक रुपमा सफल हुन नसकेपनि समीक्षकहरुबाट भने रामै्र प्रशंसा पाएको थियो ।

Saghuro 1

चलचित्रको विदेशी च्यानलबाट प्रर्दशन गर्न लागिएको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, चलचित्रकर्मी, सञ्चारकर्मी र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपालका लागि बेलायतका राजदुत एन्ड्रयु स्पार्कको पनि उपस्थिति रहेको थियो । उपस्थित सबैलाई चलचित्र साँघुरो देखाईएको थियो ।

चलचित्र साँघुरोमा सुसांक मैनाली, दिया मास्के, दयाहाङ्ग राई, अरुणा कार्की लगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशन जोयस पाण्डेले गरेका हुन् । समीर मैनाली प्रोडक्सनले चलचित्रको निर्माण गरेका हो । चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन माउण्टेन रिभर फिल्मसले गरिरहेको छ ।

For More videos Log on to Mazzako TV