बलिउडका कलाकारहरुले फिल्म खेलेरै पनि स्ट्यान्डर्ड जीवन बिताउन सक्छन् । उनीहरुले फिल्मबाट पाउने पारिश्रमिक उच्च हुन्छ । विभिन्न ब्रान्डहरुको इन्डोर्सबाट पनि पैसा कमाईरहेका नै हुन्छन् । तर पनि बलिउडका केही हस्तीहरु पैसाको लागि विहे पार्टीमा नाच्न पनि पछि पर्दैनन् । बलिउडमा ‘फर्स्ट रो’मा रहेका कलाकारहरु  विहेमा नाच्न पनि पुगिरहेका हुन्छन् । एकछिन नाचिदियो, पैसा बोक्यो, हिड्यो ।

Cover

तर, सबै कलाकारहरु विहेका नाचेर पैसा कमाऔं भन्ने सोचाईका नहुन पनि सक्छन् । बलिउडकी ‘क्वीन’ कंगनालाई हालै दिल्लीको एक विहेमा नाच्नको लागि अफर आएको थियो तर उनले त्यो कुरा स्वीकारिनन् । विहेमा नाच्नको लागि उनलाई तीन करोड भारु अफर गरिएको थियो । भारतीय सञ्चार माध्यमहरुले बताएअनुसार कंगनालाई यस्तो किसिमको हर्कतले पैसा कमाउन मन छैन रे । कंगनाले अहिलेसम्म कसैको विहेका गएर  अफ्नो प्रस्तुती दिएकी छैनन् ।

तीन करोड दिदा पनि कंगनाले विहेमा नाच्न अस्वीकार गरिन् तर बलिउडमा धेरै कलाकारहरु छन जसले निकै मोटो रकम लिएर विहेमा नाच्ने गरेका छन् । आउनुस् हेरौ को को हुन ती कलाकारहरु–

शाहरुख खान

Shahrukh
शाहरुख खान विहेमा नाच्नुलाई आफ्नो कमाईको एक पाटो मान्दछन् । यो कुरा उनले धेरै पटक स्वीकारी सकेका छन् । त्यही भएर पनि उनले यतिबेला आफ्नो डिमान्ड निकै बढाएका छन् । शाहरुख खान विहेमा गएर एकछिन नाचे बापत ८ करोड लिन्छन् । तर कुनै बेला उनी दुई देखि अढाई करोड लिने गर्दथें ।

प्रियंका चोपडा

Priyanka
नायिका प्रियंका चोपडा पनि प्राईभेट पार्टीमा डान्स गरेको निकै मोटो रकम चार्ज गर्छिन् । विशेष सुत्रलाई आधार मान्ने हो भने केही बर्ष अभि उनले चेन्नाईमा एक कार्यक्रममा नाचे बापत ६ करोड लिएकी थिईन । उनले त्यो पार्टीमा मात्र ७ मिनेट नाच्नको लागि तयार भएकी थिईन । प्रियंकाले पनि विहे पार्टीहरुमा १.२ करोड देखि डान्स गर्न शुरु गरेकी हुन् ।

कैटरीन कैफ

Katrina

२०१२ मा कैटरीनाले विहेको पार्टीमा नाचे बापत १.५ करोड चार्ज गर्थिन । तर यतिबेला कैटरीनाले पनि आफ्नो भाउ बढाएकी छिन् । यतिबेला उनी अलग अलग पार्टीहरुको अलग अलग चार्ज गर्ने गर्छिन् ।

अक्षय कुमार

Akshay
बलिउडका ‘खेलाडी कुमार’ अर्थात अक्षय पनि विहे पार्टीमा नाच्न पछि परेका छैनन् । अक्षयले १.५ करोड लिउर विहेमा नाच्न शुरु गरेका हुन् । तर तुरुन्त फेरि उनले २.५ करोड लिएर मात्र पार्टीहरुमा नाच्न थाले । तर यतिबेला भने अक्षयको पनि आफ्नो रेट निकै बढाएका छन् ।

सलमान खान

Salman Khan
सुपरस्टार सलमान खान  विवाहरुमा रमाईलो गरिरहेको देखिन्छ । उनले पनि विहे पार्टीमा नाचेर राम्रै पैसा कमाएका छन् । सलमानले २.५ करोड लिएर विहेमा नाच्न शुरु गरेका हुन् । तर यतिबेला उनको रेट निकै बढेको बताईएको छ । आजकाल उनी सेलेक्टेड विहे पार्टीमा मात्रै नाच्न राजी हुन्छन् ।

करीना कपूर

Kareena
बलिउडकी ‘बेबो’ करीना कपूरको डान्स हेर्न कसलाई मन लाग्दैन होला र ? उनले पनि धेरै विहे पार्टीहरुमा नाचेर करोडौ कमाई गरेकी छिन् । उनले पनि विहेमा नाच्न दुई करोडदेखि शुरु गरेकी हुन् । तर, सैफ अलि खानसँग विहे गरेपछि भने उनले विहे पार्टीहरुमा नाच्न छोडिदिएकी छिन् ।

ऋतिक रोशन

Hritik
बलिउडका डान्सर हिरो ऋतिक रोशनको डान्स प्राईभेट पार्टीहरुमा को हेर्न चाहदैन होला र ? ऋतिकले पनि विहेका नाच्न २.५ करोडबाट शुरु गरेका हुन् । तर, आजभोली ऋतिक विहेमा नाच्न मान्दैनन् ।

मलाइका अरोरा खान

Mallika
बलिउडकी आईटम गर्ल मलाइका अरोरा खान आफ्नो डान्सको जादुले कसैको पनि मन जित्न सक्छिन् । फिल्ममा उनले गरेका आईटम नम्बर एकदमै हिट हुन्छ । त्यही भएर पनि विहे र प्राईभेट पार्टीहरुमा उनको डिमान्ड निकै हुने गरेको छ । उनी पहिले विहेमा नाचे बापत ६० देखि ७५ लाख सम्म लिन्थिन तर आजभोली उनको रेट निकै बढेको बताईन्छ ।

बिपाशा बसु

Bipasa
नायिका बिपाशा बसु पनि विहे र प्राईभेट पार्टीहरुमा नाच्ने गर्छिन । उनको रेट भने अन्य सेलिब्रेटीको तुलनामा निकै कम छ । उनले बंगाली विहेमा ४० लाख भारुबाट डान्स गर्न शुरु गरेकी हुन् । यतिबेला पनि बलिउडमा उनको औसत करियर भएकाले गर्दा उनको रेट त्यती धेरै महंगो छैन ।

अनुष्का शर्मा

Anushka
नायिका अनुष्का शर्माले उनको फिल्म ‘बैन्ड बाजा बारात’ मा पनि यस्तै किसिमको रोल निभाएकी थिईन् । फिल्मको पर्दामा मात्रै नभएर रियल लाईफमा पनि उनी अरुको बिहे पार्टीमा नाच्न पछि पर्दिनन् । उनले ५० लाख बाट अरुको विहे पार्टीमा नाच्न शुरु गरेकी हुन् ।

मल्लिका शेरावत

Mallika Serawat
विहे पार्टीहरुमा नायिका मल्लिका शेरावतको डान्सको पनि निकै डिमान्ड हुने गरेको छ । मल्लिकाको हातमा फिल्म त्यती हुदैन त्यही भएर पनि उनको लागि विहे पार्टीमा परफर्म गर्नु आम्दानीको राम्रो बाटो हो । मल्लिकाले २५–३० लाख बाट विहे पार्टीहरुमा डान्स गर्न शुरु  गरेकी हुन् । यतिबेला उनको पनि रेट निकै महंगो रहेको बताईन्छ ।

सोफी चौधरी

Sofi Chaudhary
सोफी चौधरी पनि विहे पार्टीमा कम्मर मर्काउन पछि पर्दिनन् । सोफीसँग स्टेज परफर्मेन्सको निकै राम्रो अनुभव छ । उनी आफ्नो नृत्यबाट दर्शकको भरपुर मनोरञ्जन गर्छिन । उनी पहिले २०–२५ लाख लिन्थिन एक पार्टीमा डान्स गरेको तर अहिले उनको पनि रेट बढेको छ ।

For More videos Log on to Mazzako TV