नेपाल अफ्रिका फिल्म फेस्टिभल, कस्तो होला प्रतिफल ?
काठमाण्डौंमा ‘चौथो अन्तर्राष्ट्रिय नेपाल अफ्रिका फिल्म फेस्टिभल २०१४’ शुरु भएको छ । फेष्टिभलको आज (मंगलबार) सभासद रञ्जित कर्णले उद्घाटन गरेका हुन् । तीन दिनसम्म चल्ने फिल्म फेस्टिभलमा नेपालसहित नाईजेरिया, मोरक्को, युगान्डा, साउथ अफ्रिका, कंगो, इजिप्ट लगायत देशका फिल्महरु प्रर्दशन गरिनेछ ।
फेस्टिभलको पहिलो दिन सेनेगलको ‘टुकी बुकी’, डब्बु क्षेत्रीले निर्देशन गरेको चलचित्र ‘राहदानी’ र युगान्डाको ‘द् ग्रीन ड्रिम’ प्रर्दशन गरियो । बाँकी रहेको दुई दिनमा अन्य सातवटा चलचित्र प्रर्दशन गरिने पनि जानकारी गराईएको छ । कार्यक्रममा संयोजक मञ्जु मिश्रले नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना गर्नुको मुख्य कारण एक अर्काको साँस्कृतिक विविधता बारे जान्न र पर्यटन प्रर्वद्वन गर्नु रहेको बताईन् ।
आउँदो वर्षमा अफ्रिकामा नेपाली फिल्म फेस्टिभल गर्ने आफ्नो उदेश्य रहेको पनि संयोजक मिश्रले बताईन् । कार्यक्रममा अतिथि बनेर पुगेका सभासद रञ्जित कर्णले संविधानमा फिल्म क्षेत्रको विषयमा पनि कुराहरु उठाउने आश्वासन पनि दिए ।
तस्वीर–दीप बिमली
For More videos Log on to Mazzako TV