यतिबेला जो कोही कमेडियन पनि कपिल शर्माको शो ‘कमेडी नाईट्स विथ कपिल’ मा जान चाहान्छ । तर एकजना यस्ता कमेडियन पनि छन् जसले कपिलको शोमा जान इन्कार गरेका छन् । उनी अरु कोही नभएर कुनै बेला कपिलका मिल्ने साथी कष्णा अभिषेक हुन् ।

Kapil Krishna
कमेडियन कृष्णा अभिषेकले एक टेलिभिजन शो को दौरान यो कुरा खुलासा गरेका हुन कि उनलाई कपिलले कमेडी नाईट्समा धेरै चोटी बोलाएका थिए, तर उनले नै जान मानेनन रे । कृष्णाका अनुसार कपिलको शोमा उनलाई आफ्नो ट्यालेन्ट देखाउने मौका नै मिल्दैन ।

कृष्णाले भनेका छन् ‘कपिल मेरो राम्रो साथी हो र उनी मेरो यो निर्णयले दु:खी पनि भए तर म उनको सो को क्यारेक्टरको जस्तो किसिमले प्रस्तुती दिन सक्दिन, मलाई आफ्नो ट्यालेन्ट देखाउनलाई स्पेश चाहिन्छ । त्यसैले जुन दिन कपिल मलाई त्यो स्पेश दिन तयार हुन्छन्, त्यसबेला म उनको शो मा जान तयार हुनेछु ।’

कृष्णाको यस्तो प्रतिक्रिया पछि उनलाई सोधियो ‘के तपाई कपिल शर्मासँग इर्श्या गर्नुहुन्छ ?’ जवाफमा कृष्णाले भने ,’बिल्कुलै गर्दिन, कपिल निकै ट्यालेन्ट छन, उसको प्रगतीले म खुशी छु ।’

कमेडियन कपिल शर्मा र कृष्णा अभिषेकले सोनी टेलिभिजनको कमेडी सर्कसमा सँगै काम गरिसकेका छन् ।

For More videos Log on to Mazzako TV