मिडिया हबसँगको आन्तिरिक हिसाब मिलेपछि तितो सत्यको सुटिङ्ग पुन: शुरु भएको छ । उधारोमा सुटिङ्ग हुदै आएको ‘तितो सत्य’ले पाउनुपर्ने रकम नपाएपछि केही महिनादेखि सुटिङ्ग भएको थिएन । पाउनुपर्ने रकम पचास लाख नाघेपछि ‘तितो सत्य’ युनिटले नयाँ भागहरु छायांकन नै नगर्ने अड्डी कस्यो । टेलिभिजनमा पनि पुरानै भागहरु देहोरिरहेका थिए । तर, अब भने कुरो मिलेको छ, तितो सत्यको नयाँ भागहरुको मंगलबारबाट सुटिङ्ग थालिएको छ ।

Deepak Dipa

विहिबारदेखि तितो सत्यको नयाँ भागहरु प्रसारण हुदैछ । मिडियाहबले तिनुपर्ने पचास लाखमध्ये १० लाख छोडेर ४० लाख मिडिया हबले दिने भएपछि ‘तितो सत्य’को पुन सुटिङ्ग थालिएको हो । मिडिया हबले २० लाख दिएको र बाँकी २० लाख १५ दिनभित्र दिने हाँस्यकलाकार दिपाश्री निरौलाले मज्जाको अनलाईनलाई जानकारी गराएकी छिन् ।

दिपाश्रीको घरमा केही दिन अगाडी लगाईएको पुजामा मिडिया हबका प्रमुख सोम धिताल पनि पुगेका थिए । त्यही पुजापछि मिडियाहबसँग नयाँ सम्बन्ध स्थापित भएको दिपा बताउछिन् । ‘उहाँहरुसँग कुरा मिल्यो त्यसैले तितो सत्य पुन सुरु गर्दैछौ’, दिपाले भनिन् ‘सधै काम गरिरहने बानी काम गर्न नपाउदा हामी पनि बोर भईसकेका थियौ, बिकल्पको खोजी पनि गरिरहेको थियौ ।’

नेपाल टेलिभिजनको सर्वाधिक टिआरपी भएको कार्यक्रम ‘तितो सत्य’को आगामी अंकमा पोट्रेलियम पदार्थको कथाबस्तुे हेर्न पाईने्छ । ‘ब्यंगय हान्न नपाएको धेरै भएको थियो फेरि हान्न पाईयो निकै खुशी लागेको छ’,तितो सत्यका क्याप्टेन दिपक भन्छन् ‘यसपालीको ब्यंग्य सामजिक देखि राजनैतिक सबै बिषयमा छ ।’ तितो सत्यको नयाँ भागमा दिपाश्री पनि नयाँ गेटअपमा देखा पर्दैछिन् ।

For More videos Log on to Mazzako TV