बलिउडकै ध्यान छ जहाँ, कस्ले खोपाए ‘ट्याटु’ कहाँ ? (तस्वीर बोल्छ)
बलिउड सेलिब्रेटीका हरेक क्रियाकलापहरु फेसन फलोवर्सका लागि ट्रेन्ड बन्दछ । फेसनको दुनियामा बलिउड सेलिब्रेटीहरु निकै अगाडी रहेको देखिन्छ । ट्याटुको कुरा गर्ने हो भने पनि उनीहरु कोही भन्दा कम छैनन् । चाहे प्रेम ब्यक्त गर्न होस् वा फेसन र स्टाईलको लागि नै किन नहोस्, धेरै बलिउड सेलिब्रेटीको शरिरमा ट्याटु खोपाएको देखिन्छ । आउनुस् हेरौ केही बलिउड सेलिब्रेटीहरुको ट्याटु मोह, जस्लाई उनीहरका लाखौ फ्यानहरुले फलो पनि गरिरहेका छन् ।
दीपिका पादूकोण
ट्याटुको लिष्टमा नायिका दीपिका पहिलो नम्बरमा पर्छिन । उनले आफ्नो गर्धनमा एक्स ब्वाईफ्रेन्ड रणवीर कपूरको ‘RK’ लेखिएको ट्याटु खोपेकी थिईन । तर सन् २०१० मा रणवीरसँग ब्रेकअप भएपछि भने उनले यही ट्याटुलाई रिडिजाईन गराईन । त्यस्तै नायिका दीपिकाको खुट्टामा पनि ट्याटु देख्न सकिन्छ ।
सैफ अलि खान
बलिउडका ‘छोटे नवाव’ सैफ अलि खानले आफ्नो हातमा करिनाको नाम लेखिएको ट्याटु खोपाएका छन् । देवनागरी अक्षरमा उनले हातमा ‘करीना’ लेखाएको देखिन्छ ।
सुष्मिता सेन
नायिका सुष्मिता सेनले आफ्नो शरिरमा चारवटा ट्याटु खोपाएकी छिन् । जस्मध्ये तीनवटा ट्याटुमा यस्तो लेखिएको छ । ‘I am, Temptation’, तेस्रो ट्याटु ल्याटिनमा छ ‘Aut viam inveniam aut faciam’ । जस्को मतलब हुन्छ ‘म आफ्नो बाटो आफै बनाउछु’ ।
रणवीर कपूर
नायक रणवीर कपुरले आफ्नो हातमा ट्याटु खोपाएका छन् । उनको हातमा ‘आवारा’ लेखिएको छ ।
प्रियंका चोपडा
नायिका प्रियंका चोपडाले आफ्नो हातमा ट्याटु खोपाएकी छिन् । उनको हातमा ‘Daddy’s lil girl’ लेखिएको छ ।
ऋतिक रोशन र सुजैन
पारपाचुके हुन अघि ऋतिक र सुजैनले आफ्नो हातमा एकै किसिमको ट्याटु बनाएका थिए । उनीहरुले ट्याटु सहितको फोटो सोसियल नेटवर्किङ्ग साईटबाट आफ्ना फ्यानहरुलाई सेयर पनि गरेका थिए ।
कंगना रनोट
नायिका कंगना रनोटले दुईवटा ट्याटु खोपाएकी छिन् । एउटा ट्याटु उनको गर्धनमा छ, ‘sword with wings’ लेखिएको छ ट्याटुमा । त्यस्तै उनको अर्को ट्याटु एंकलमा छ जसमा ‘warrior angel’ लेखिएको छ ।
अक्षय कुमार
बलिउडका ‘खेलाडी कुमार’ले आफ्नो छोरोको नामको ट्याटु खोपाएका छन् । उनले ढाडमा छोरो ‘अरनव’ को नाम को ट्याटु बनाएको देखिन्छ ।
अर्जुन रामपाल
दुई छोरीका पिता अर्जुन रामपालले आफ्नो दुबै हातमा छोरीहरुको नामको ट्याटु बनाएका छन् । उनको एक हातमा ‘Mahikaa’ र अर्को हातमा ‘Myra’ लेखिएको छ ।
इशा देओल
नायिका इसा देओल आफ्नो काँधमा ट्याटु खोपाएकी छिन् । उनले दुईवटा ट्याटु खोपाएकी छिन् । एउटा ट्याटुमा ‘ओम’ लेखिएको छ भने अर्को ट्याटुमा गायत्री मन्त्रको केही लाईनहरु छ ।
अजय देवगन
काजोल पति अजय पनि ट्याटु मामलामा पछि छैनन् । उनले आफ्नो छातीमा भगवान शिवको ट्याटु बनाउका छन् ।