Hasiya-4

चलचित्रको प्रोमो र गीतले नै दर्शकहरुको मन जित्न सफल भएको चलचित्र  ‘हँसिया’ले यतिबेला पब्लिसिटीको नयाँ काईदा अपनाएको छ । आगामी शुक्रबारबाट रिलिज हुन लागेको चलचित्रले प्रर्दशनको संघारमा फरक किसिमको पब्लिसिटी गरेको देखियो ।

Hasiyaa
सोमबारबाट काठमाण्डौंको सडकमा हँसियाको प्रोमो र गीत देखाउन थालिएको छ । सिंगारपटार गरिएको टाटा सुमोभित्र टिभी राखेर सडकमा हिड्ने दर्शकहरुलाई चलचित्रको बारेमा जानकारी सहित चलचित्रको प्रचार सामाग्रीहरु देखाउन थालिएको हो ।

hasiya 1
‘दर्शकलाई फिल्मसँग प्रत्यक्ष सहभागी गराउन भनेर यस्तो अभियान शुरु गरिएको हो’, हँसिया निर्देशक मिलन चाम्स बताउछन् ‘फिल्म रिलिजको दिनसम्म गाडीमा फिल्मको प्रोमो र गीत बजाउदै शहर डुलाउने योजना छ ।’

Hasiya-3
त्यस्तै प्रचारप्रसारको नयाँ शैली अन्तरर्गत चलचित्रका अभिनेता राजेश हमालको विहेको डेट पत्ता लगाउनेलाई चाँदीको हँसिया उपहार स्वरुप दिईने र हमालसँग डिनरको अवसर प्रदान गरिने पनि चलचित्रका निर्देशक बताउछन् । यसको लागि हँसियाको फेसबुक पेजमा गएर कमेन्ट बक्समा हमालको विहे मिति लेख्नुपर्नेहुन्छ ।

Hasiya
दुर्गा घलेले निर्माण गरेको चलचित्र ‘हँसिया’मा नायिका हेमा श्रेष्ठको एक्सनको सबैले प्रशंसा गरेका छन् । यही शुक्रबारबाट अलनेपाल प्रर्दशनमा आउन लागेको चलचित्र हँसियामा महानायक राजेश हमाल, हेमा श्रेष्ठ र अनुपबिक्रम शाहीको मुख्य भुमिका रहेको छ । चलचित्रले अलनेपाल ६० वटा पर्दा पाएको छ ।

For More videos Log on to Mazzako TV