लोकप्रिय गायक यश कुमारको ‘हिजो अर्कै संग देखे’ को नयाँ भर्सन निर्माण भएको छ । यश कुमारको आफ्नै शब्द संगीत र आवाजमा यसकुमारले नयाँ भर्सन रिलिज गरेका छन् । गीतको भिडियोलाई बले इन्टरटेन्टमेन्टेले निर्माण गरेको हो । यसअघि पनि यश कुमारकै गीत ‘तिम्रो मन बद्लिएछ’ पनि सागर लम्साल ‘बले’ ले निर्माण गरेका थिए । जुन गीतले राम्रो चर्चा पाएको थियो । उक्त करोड क्लबमा प्रबेश गरिसकेको छ ।

‘हिजो अर्कै संग देखे’ लाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा सागर लम्साल, रेश्मा घिमिरे, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । गीतको भिडियोमा सफल कलाकार बन्ने सपना बोकेकी एक युवती र विवाह गरेर सेटल हुने कोसिसमा रहेको युवाको जीवनमा आएका उतारचढावलाई देखाइएको छ । हरि हुमागाईले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV