Pujana 4

नायिका पुजना स्त्रीले मनको राजा पाएकी छिन् । उनको मनको राजा को हो त ?

वास्तविक जिवनको उनको मनको राजा को हो ? त्यो त  थाहा भएन तर हालै सुटिङ्ग गरिएको म्युजिक भिडियोमा भने उनको मनको राजा बनेका छन् मोडल दिपेश कार्की । वास्तविक जिवनमा मनको राजा सँग उनको बाजा कहिले बज्ने हो त्यो त थाहा भएन तर ‘मनको राजा’ बोलको गीति भिडियो भने अब चाडै मिडियामा बज्नेछ ।

pujana 3
रुद्रसेन विश्वकर्मा र रजिना रिमालले गाएको उक्त गीतको म्युजिक भिडियो आईतबार सुटिङ्ग गरिएको छ । भिडियोमा नायिका पुजनाको साथमा दिपेश काकी र सुदिप थापालाई रोमान्स गरिरहेको देख्न सकिनेछ ।

Pujana 1

गायक रुन्द्रसेनको दोस्रो आधुनिक गीतिसंग्रह ‘मनको राजा’को शीर्ष गीत गोदावरी, बोडे लगायतका ठाँउहरुमा सुटिङ्ग गरिएको हो । भिडियोको निर्देशन प्रदिप रसाईलीले गरेका छन् । भिडियोलाई अजय रेग्मीले खिचेका हुन् ।

Pujana 2

एल्बम मनको राजामा ६ वटा गीत समावेश छ । एल्बमको एक गीतमा गायक सुमित खड्काको पनि आवाज रहेको छ । एल्बम केही दिनमै बजारमा आउने बताईएको छ ।

For More videos Log on to Mazzako TV