दयारामको एक्सन कट, सम्पदा जीवनको यो कस्तो सट ?
‘तिमीले मेरो इन्द्रधनुषी सपना माग्यौ मैले केही नबोली दिए,तिमीले जे जे माग्यै मैले दिदै गए’, राजेश विद्रोहीका शब्दहरु । यी शब्दमा संगीत भरेका छन तेनहाङ्ग राईले भने आवाज शिव परियारको छ । यही गीतको म्युजिक भिडियो निर्देशनबाट रंगपत्रकार दयाराम घिमिरे भिडियो निर्देशनमा पनि अघि बढेका छन् ।
घिमिरे पहिलो म्युजिक भिडियो निकै राम्रो बनाउने कोशिष गरेको सुनाउछन् । ‘गहिरो माया गर्ने प्रेमी–प्रेमिका एक अर्कालाई चाँहदा चाँहदै पनि एक हुन नसक्नुको पीडालाई भिडियोमा देखाउने कोशिष गरेको छु’, घिमिरे म्युजिक भिडियोको बारेमा बताउछन् ।
भिडियोमा सम्पदा बाँनिया र जीवन भट्टराईलाई देख्न पाईनेछ । सम्पदा पछिल्लो समयमा म्युजिक भिडियोमा निकै ब्यस्त मोडल हुन् । त्यस्तै भिडियोमा रामकेशर बोगटी र केशू घिमिरेलाई पनि देख्न पाईनेछ । भिडियोको छायांकन हरिनारायण चौधरीले गरेका हुन भने कोरियोग्राफी नारायण रिजालको रहेको छ । भिडियो केही दिनमै सार्वजनिक गरिने जानकारी गराईएको छ ।
For More videos Log on to Mazzako TV