vlcsnap-2014-05-17-00h19m09s161

‘छौ कहाँ तिमी कहाँ’ भन्दै बर्षा शिवाकोटी र रञ्जन रिजाल निकै रोमान्स गरिरहेका छन् । कुपन्डोल स्थित समिट होटलमा उनीहरुको रोमान्सलाई एक कुनाबाट नियालिरहेका सञ्चारकर्मी विधानले एक्सन र कट भन्दै घरि घरि उनीहरुलाई दुख दिईरहेका पनि छन् ।

vlcsnap-2014-05-17-00h23m59s246
यो दृश्य गीतको म्युजिक भिडियो छायांकनको हो । विधान कार्कीले भिडियोको निर्देशन गरेका हुन् । केही दिन अघिमात्रै छायांकन गरिएको उक्त गीतमा साहित्यकार एवं रचनाकार अनल गौतमको शब्द र राज सागरको संगीत रहेको छ । राज सागर स्वयंले गाएको उक्त गीतको म्युजिक भिडियोको यतिबेला पोष्टप्रोडक्सनको काम भईरहेको छ ।

vlcsnap-2014-05-17-21h00m10s227

विधानले यसअघि गायिका सरिता प्रजापतिले गाएको संझनालाई जाली रुमाल बोलको गीतमा आफ्नो निर्देशकिय कमाल देखाईसकेका छन् ।

vlcsnap-2014-05-17-00h18m15s133

पछिल्लो समय सञ्चारकर्मीहरु भिडियो निर्देशनमा पनि निकै सक्रिय बन्न थालिसकेका छन् ।  भुषण दहाल, सुरज श्रेष्ठ, प्रदिप निरौला, सुब्रत आचार्य, विदुर खतिवडा, समन अधिकारी, सुरजसिंह ठकुरी, नरेश भट्टराई लगायत सञ्चारकर्मी म्युजिक भिडियो निर्देशनमा आजकाल निकै सक्रिय देखिन्छन् ।

For More videos Log on to Mazzako TV