यतिबेला बजारमा चर्चा छ चलचित्र ‘हँसिया’को, चर्चा छ चलचित्रकी नायिका हेमा श्रेष्ठको एक्सनको । यही जेठ ९ गतेबाट रिलिज हुन लागेको चलचित्रको प्रोमोले बजार तताईरहेको छ । यसैबीच चलचित्रको नयाँ प्रोमो पनि सार्वजनिक गरिएको छ ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्र हसियाँमा हेमाको भरपुर एक्सन हेर्न पाईनेछ । नायिका श्रेष्ठको एक्सनको महानायक हमालले पनि खुलेर प्रशंसा गरेका छन् । केही समय अघि लण्डनमा गरिएको चलचित्रको प्रिमियरबाट प्राप्त प्रतिक्रियाले निर्माण युनिट निकै आशावादी देखिएको छ ।

एक्सन प्रधान चलचित्र हँसियामा हेमाका अलावा महानायक राजेश हमाल, अनुप बिक्रम शाही लगायत कलाकारको पनि अभिनय हेर्न सकिनेछ । यसअघि रिलिज गरिएको प्रोमो र भब्य सेटमा खिचिएको चलचित्रको गीतबाट हसियाँका निर्देशकले राम्रो प्रतिक्रिया पाएका थिए ।
चलचित्र हँसियालाई दुर्गा घलेले निर्माण गरेका हुन् । फिल्मलाई रामकुमार केसीले खिचेका हुन् । एक्सन प्रधान चलचित्र हसियाँको द्वन्द निर्देशन  राजकुमार उप्रेतीले गरेका हुन् ।

For More videos Log on to Mazzako TV