चलचित्र मिसन मोफसलमा अझै छ जारी, चितवन शाखामा रवि अधिकारी
चलचित्र पत्रकार संघ चितवन शाखाको अध्यक्षमा रवि अधिकारी निर्विरोध चयन भएका छन । शुक्रबार चितवनको होटल स्टार ब्यानक्युट टांडीमा सम्पन्न संघको प्रथम अधिवेसनले अधिकारीको अध्यक्षतामा ९ सदसिय नयाँ कार्यसमिति समेत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रामेस्वर रिजाल, सचिवमा गोविन्द अर्याल, सह सचिवमा सागर ढुङ्गाना, कोषाध्यक्षमा हरि कार्की चयन भएका छन । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र तामाङ्, सन्दीप भट्ट , केशव लोहनी, सुरेन कुवँर रहेका छन् ।
चलचित्र पत्रकार संघको केन्दिय्र अध्यक्ष शान्ति प्रिय प्रमुख अतिथि रहेको सो कार्यक्रममा, उपाध्यक्ष विष्णु सुवेदी, साधारण सदस्य सरोज प्याकुरेल, निर्देशक समाजका उपाध्यक्ष सुमन दहाल, चलचित्र निर्देशक विमल पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष शान्तिप्रियले शाखा संग समन्वय गर्दै अघि बढन आफुहरु सधै तयार रहेको बताएका छन् ।
For More videos Log on to Mazzako TV