ऐश–अभि सम्बन्ध अझै पनि स्वीट, नपत्याए आफै हेरौं अभिषेकको ट्वीट
नायक अभिषेक बच्चन र नायिका ऐश्वर्या राय बच्चनबीच सम्बन्ध विच्छेदको हल्लाले बलिउडलाई गर्माइरहेको बेला ‘जुनियर बच्चन’ अभिषेकले यो हल्लाको जवाफ ट्वीटरमार्फत दिएका छन् । उनले निकै रमाईलो ढंगले ट्वीट गरेका छन् ।
अभिषेकले ट्वीटमा लेखेका छन् ‘ओके ठीकै छ म मान्छु कि मैले डिभोर्स गर्दैछु । धन्यवाद छ मलाई यो बिषयमा जानकारी दिएकोमा । के तपाई अब यो पनि बताईदिनुहुन्छ कि म दोस्रो विवाह कहिले गर्दैछु ? धन्यवाद ।’
बलिउडमा फैलिएको यो हल्लाको जवाफमा उनले गरेको ट्वीटको चर्चा पनि यतिबेला निकै राम्रोसँग भईरहेको छ । हल्लालाई नै आधार मान्ने हो भने अभिषेक र ऐश्वर्या बीचको दुरी निकै बढेको छ । उनीहरु सम्बन्ध विच्छेदको नजिक पुगेको पनि अफवाह फैलन थालिसकेको छ । अभिषेक र ऐश्वर्याको विवाह २००७ मा भएको थियो । यतिबेला उनीहरुको एक छोरी पनि छिन् ।