दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को शुभमुहूर्त गरिएको छ । शुक्रबार फिल्मको शुभमुहूर्तसँगै एक दुश्य पनि छायांकन गरिएको थियो । शुभमुहूर्त गरिएपनि फिल्मको रेगुलर छायांकन जेष्ठ २ गतेबाट मात्रै गरिने निर्देशक खनालले जानकारी दिए । फिल्मकोे छायांकन सेड्युल ३० दिनको राखिएको बताईको छ । सम्पुर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिने निर्देशक खनालले बताए ।

ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्मका मुख्य अभिनेता विपिन कार्कीले निर्देशक खनालसँगको दोस्रो सहकार्यले उत्साहित बनाएको बताए ।

k ghar k dera

यही वर्ष रिलिज तयारी रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रत राज आचार्य र डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन र याम प्रसाद वली प्रोडकसन डिजाइनर रहनेछन् ।

For More videos Log on to Mazzako TV