निशाले भर्जिन ब्वाईफ्रेन्ड खोज्या हैन, नपत्याए आफै भिडियो हेरौं न ।
‘भर्जिन ब्वाईफ्रेन्ड खोज्या हैन, तर गतिछाडा त हुनु भएन नि’, यो चलचित्रको डाईलग हो । चलचित्रको नाम छ ‘मेरो भ्यालेन्टाइन’ । सुरज सुब्बाले निर्देशन गरेको चलचित्र मेरो भ्यालेन्टाइनमा नायिका निशा अधिकारीले बोलेको यो डाईलग यतिबेला निकै हिट भईरहेको छ ।
भखैरै चलचित्रको ट्रेलर युट्युबबाट सर्वजनिक गरिएको छ । ट्रेलर रिलिज गरिएपनि चलचित्रको रिलिज डेट भने सार्वजनिक गरिएको छैन । चलचित्र मेरो भ्यालेन्टाइनमा बाबु बोगटी, स्वतन्त्रप्रताप शाह, निशा अधिकारी र सुष्मिता ढकाल मुख्य भुमिकामा देखा परेका छन् ।
चलचित्रलाई सुशिल श्रेष्ठले निर्माण गरेका हुन् । सफ्ट इमेज इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् ।
For More videos Log on to Mazzako TV