अजय देबगन र सलमान खानका बिषयमा यतिबेला बलिउडमा निकै हल्ला चल्न थालेको छ । यो हल्ला उनीहरुको चलचित्रलाई लिएर चलेको हो । जस्का कारणले  अजय र सलमान दुबै तनावमा देखिन्छन आजकाल । यी दुईले आफ्ना फिल्महरु ‘किक’ र ‘सिंघम रिटर्न्स’ लाई समयमा पुरा नगर्ने अफवा फैलिएको छ ।

Ajay devgon

यसले गर्दा बिषेशत निर्माताहरुलाई दुविधा र नोक्सानको स्थिति पैदा गरिदिएको छ । यहि अफवालाइ सत्य मानेर निर्माताहरु  खास दुइ डेट (२७ जुलाइ र १५ अगस्ट) मा नै फिल्म ल्याउने योजनामा रहेको बुझिएको छ । ‘सिंघम रिटर्न्स’ सुरु हुनु अगावै अजय देबगनका पिता बीरु देबगनको स्वास्थ्य स्थिती बिग्रेको थियो । टाइट शेड्युल हुदा हुदै पनि उनले ६ दिनको ब्रेक लिएका थिए ।

KIck

यता सलमान को ‘किक’ शुटिङ पछिल्लो बर्ष नै हुने भनिएता पनि आफ्नै कार्यब्यस्तताले गर्दा शुटिङ रोकिएको थियो । यो बर्ष भने ‘किक’को शुट लगातार भैरहेको छ ,तर पोस्टप्रोडक्सनमा सलमानले पुरा समय दिन सक्ने अवस्था भने छैन ।

सलमानको ‘हिट एण्ड रन’ केसलाई लिएर उनलाई १० बर्ष सम्मको जेल चलान हुन सक्ने अनुमानबाजहरुले अफवाह फैलाईरहेका छन् । जस्ले गर्दा सलमानसँग सम्बन्धित रहेका प्रोजेक्टहरु लाई अपठ्यारो पर्ने देखिएको छ  बलिवुडमा भ्रमित समचारहरु सम्प्रेसण भईदिनाले गर्दा फिल्मको रिजिल डेटहरुलाई असर गर्ने देखिएको छ ।

For More videos Log on to Mazzako TV