हम जाएगा कि आएगा ?
जोक्स् र चुटकिलामा अक्सर प्रयोग हुने नाम ‘हमजाएगा’ । यही नामलाई क्यास गर्न चलचित्रको निर्माण पनि भएको छ । चलचित्र ‘हमजाएगा’ यतिबेला पोष्टप्रोडक्सनमा रहेको जानकारी गराईएको छ ।
दार्जिलिङ्ग र खर्साङ्गमा निकै प्रलचित रहेका हमजाएगाको नाममाथी बनेको यस चलचित्रमा बाबु बोगटी, विल्सनविक्रम राई, पार्वती राई, ऋचा धिताल, मनोज आरसी, रामचन्द्र अधिकारी, रेशम फिरिरी, प्रज्वल गिरी, रवि गिरी लगायतले अभिनय गरेका छन् । चलचित्रको निर्देशन सुरेन्द्र पुनले गरेका हुन् ।
निर्माण युनिटका अनुसार चलचित्र ‘हमजाएगा’ रोमान्टिक कमेडी चलचित्र हो । चलचित्रलाई टंक गुरुङ्ग, सुर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा बाबु श्रेष्ठको छायांकन, योगेन्द्र श्रेष्ठको द्वन्द र कमल राईको नृत्य निर्देशन रहेको छ ।
For More videos Log on to Mazzako TV