संसारकै महान योद्धाहरुको समेत मुटु थर्काउने बीरता र साहसको ऐतिहासिक गाथालाई पुर्नपुष्ठी गर्ने, राष्ट्र र जनता प्रति समर्पित नेपाली सुरक्षा संयन्त्रको अमर कथा हो रे ‘रेन्जर’ । चलचित्रको निर्माण युनिटले यसरी नै चलचित्रको बारेमा जानकारी गराएको छ ।

Nandita 3

काठमाण्डौमा शुक्रबार काँग्रेस नेता खुमबहादुर खड्काले चलचित्र ‘रेन्जर’ शुभ मूर्हत गरे ।  ‘रेन्जर… वास्तविक योद्धा’ नाम राखिएको यस चलचित्रमा सुशील पोखरेल, नन्दिता केसी, सौजन्य सुब्बा, पुष्कर भट्ट, शुरवीर पन्डित, दिनेश जङ्ग खड्का, जेनी कुवर, निजर भण्डारी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

Nandita 1

चलचित्र ‘रेन्जर’को निर्देशन सरोज पौडेलले गर्नेछन् । चलचित्रलाई सिता सिम्खडाले बनाउन लागेकी हुन् । चलचित्र ‘रेन्जर’ एक्सन प्रधान चलचित्र हुने बताईएको छ । चलचित्रको गीत शंकर अधिकारी घायलले लेखेका छन् ।

Nandita 2

रामशरण उप्रेतीको छायाँकन रहने फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन गर्नेछन् । ‘रेन्जर’ को कथा कलाकार सुशील पोखरेलले लेखेका हुन् । संगीत विकास चौधरीको छ ।

For More videos Log on to Mazzako TV