sitter 2

नयाँ नेपाली चलचित्र, नाम छ ‘लज्जा’ । चलचित्रको मुहार अर्थात फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा नायक आर्यन सिग्देल र शिल्पा पोखरेललाई देख्न सकिन्छ । छविराज ओझाले निर्माण गरेको चलचित्र ‘लज्जा’को निर्देशन नवल नेपालले गरेका हुन् ।

30x40 7 copy

‘लज्जा’ कात्तिक ७ गते देखि देशब्यापी रुपमा चलचित्र प्रर्दशनमा आउनेछ । सुन्नमा आएअनुसार चलचित्र ‘लज्जा’ पुर्णरुपमा नारीप्रधान चलचित्र हो । चलचित्रमा चेतन सापकोटाको संगीत छ भने कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चलचित्रमा द्वन्द चन्द्र पन्तको रहेको छ ।

रेखा फिल्मसको स्वामित्व रेखा थापालाई दिएपछि छविराज प्रोडक्सनबाट ‘लोफर’ पछि  बनेको लज्जा दोश्रो फिल्म हो । अघिल्लो पटक लोफर निर्माणमा घाटा खाएका निर्माता छवि ओझाले चलचित्र ‘लज्जा’बाट भने ठुलो आश राखेका छन् ।

For More videos Log on to Mazzako TV