यो कुरा झुठो होईन, महानायक राजेश हमालले अब भने साच्चिकै विहे गर्नेछन् । विवाहको बारेमा मिश्रित प्रतिक्रिया दिदै आएका हमालले बडो कमाल शैलीमा विहेको लागि आफ्नी प्रेमिकालाई मिडिया सामु प्रस्ताव राखेका छन् ।

मैन बत्ती, वाईन र फुलले सजिएको टेबुल छ । टेबुलमा माता रेनु र पिता चुडाबहादुरको तस्वीर पनि छ । त्यही टेबुलमा एक अर्कालाई हेरिरहेका र आफ्नै शैलीमा गफ गरिरहेका महानायक राजेश हमाल र उनकी प्रेमिका मधु भट्टराई छन् । मधुर संगीत सहितको यो रमाईलो माहोल अरु केही नभएर हमालले आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव राख्न रचिएको थियो ।

हेर्दा निकै फिल्मी लग्ने यो बिषेश माहोलकोे डिजाईन हमाल आफैले गरेका थिए । निकै बेरको कुराई पश्चात शंकर होटलको सजिसजावट सहितको कोठामा प्रवेश गर्दा देखिउको दृश्य हो यो ।

Rajesh Hamal 2

महानायकको प्रपोज गर्ने स्टाईल निकै फरक देखियो । आफ्नो छुट्टै स्टाईलमा प्रेमिका मधु भट्टराईलाई उनले मिडियासामु विवाहको लागि प्रपोज गरेका छन् । हमालले राजधानीमा बुधबार साँझ साढे ७ बजे प्रेमिका मधु भट्टराईलाई मिडिया सामु नेकलेस पहि¥याईदिएर विवाहको लागि प्रस्ताव राखे ।

आफ्नी आमाले बुहारीको लागि छाडेर गएको नेकलेस मधुलाई लगाईदिदा हमाल निकै भावुक पनि देखिए । नेकलेस सँगै उनले मधुलाई हातमा औठी लगाईदिए । हमालले मधुलाई औठी र नेकलेस लगाईरहदा गायक राजेश पायल राईले भने गीत गाएर साथ दिए । ‘न कुनै बन्धन न कुनै परिधि, माया गर्छु तिमीलाई जुनी जुनी’, राईले भाका मिलाई मिलाई गीत गाए भने पत्रकारहरुले ताली बजाएर साथ दिए ।

Rajesh Hamal 1

‘राजेश हमाल पनि बुढो हुन्छ र ?’ विवाह गर्न निकै ढिलो भएन र भन्ने प्रश्नको जवाफ हमालले यसो भनिरहदा हलमा हाँसोको फोहोरा नै छुटेको थियो ।

विवाहको लागि हमालले मधुलाई प्रस्ताव राखे, मधुले पनि हमालको प्रस्तावलाई मौनता बीच समर्थन गरिन । तर, विवाहको आधिकारीक मिति भने अझै पनि सार्वजनिक गरिएन । हमालका दिदीबहिनीहरु अमेरिकाबाट आएपछि विवाहको डेट फिक्स गरिने जानकारी दिईएको छ ।

तस्वीर–दीप बिमली

For More videos Log on to Mazzako TV