प्रेमी प्रेमिकाको सम्बन्धमा जातका कारण आएको विभाजन र त्यसले निम्त्याएको परिणामको कथा भन्ने गीत ‘जित्यो मायाले’ सार्वजनिक गरिएको छ ।यो गीतमा धु्रव विस्को र सारिका घिमिरेको स्वर छ । गीतकार सारिकाले गीतमा प्रयोग गरेका शब्द र संगीतकार विस्कोले तयार पारेको संगीतले दर्शकको मन छुन्छ ।

भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोडारी, अनु पराजुली र बलराम परियारको अभिनय छ । भिडियोमा नायक पुष्प खड्काको पनि विशेष भूमिका हेर्न सकिन्छ । पुष्पकोे सायरीबाट नै भिडियोको सुरुवात गरिएको छ ।

भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, दिन्सन शाहको सम्पादन छ । गायक तथा संगीतकार धु्रवले नै यो भिडियोको निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV