केशव र उषाको ‘निन्द्रा लाग्दैन’ सार्वजनिक
हरि क्रियशनको प्रस्तुतिमा तयार भएको ‘निन्द्रा लाग्दैन’ बोलको गीतको भिडियोे रिलिज गरिएको छ । योे गीतमा हरिप्रसाद गौतमको शब्द, सन्तोष रुचालको संगीत, रचना रिमाल र सन्तोष रुचालको स्वर छ ।
रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपकोे नृत्य हेर्न सकिन्छ ।
भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा सफल मानिएका चन्दको निर्देशनमा तयार भएको भिडियोले दर्शक नचाउने अपेक्षा गरिएको छ ।
शिलन लम्सालको सम्पादनमा तयार भएको भिडियोमा सागर पौडेलको छायांकन छ।