गायिका खुसी थुलुङ्गको स्वरमा ‘बोलु बोलु लाग्छ मलाई’ बोलको गीत सार्वजनिक भएको छ । कन्चन थलङ लिम्बुको शब्द संगीत रहेको गीतको भिडियो हालै गायिका खसी थुलुङ्गको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको छ ।

भिडियोलाई निर्देशक युगल पोमोले निर्देशन गरेका छन् । सार्वजनिक भएको भिडियोमा ह्यारी योञ्जन र बिना राउतको अभिनय देख्न सकन्छि । भिडियोमा निर्देशक पोमो र साल्मोन तामांगको कोरियोग्राफी, छिरिङ्मा शेर्पाको श्रंगार र सुक्नीता चौलागाईको पोशाक रहेको छ । शिव ढकालको सिनेमाटोग्राफी रहेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV