गायक नबिन कुमार पौडेल र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सिम्पल एड मिडियाको प्रस्तुती रहेको ‘मेरी डल्ली’ बोलको गीतको भिडियो एस आर सी फिल्म नामक युटुब च्यानलमा रिलिज भएको हो । डिपी खनालको शब्द रहेको गीतमा राजेन्द्र बजगाँईले संगीत भरेका हुन् ।

सार्वजनिक भिडियोमा सुधिर श्रेष्ठ र बिना राउतको अभिनय रहेको छ । भिडियोलाई सुबोल थापाले कोरियोग्राफी र निर्देशन गरेका छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका छन् । ‘मेरी डल्ली’ बोलको गीतको भिडियोलाई दिपा पौडेलले निर्माण गरेकी हुन् ।

For More videos Log on to Mazzako TV