फिल्म ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मकोे निर्माण घोषणा गरियो । दीपेन्द्र के खनालको लेखन रहने फिल्मलाई सुरज पाण्डेले निर्देशन गर्नेछन् । डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्ममा शर्मिला पाण्डेको लगानी रहनेछ । ‘परस्त्री’ लाई नेपालीसँगै हिंन्दी भाषामा समेत निर्माण गरिने जानकारी दिइयो । फिल्ममा गायक तथा अभिनेता कोशिस क्षेत्रीको मुख्य भुमिका रहने छ । मुख्य अभिनेत्री र अन्य कलाकार अडिसन मार्फत छनोट गरिने जानकारी गराइएको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्ममा फागुन तेस्रो साताबाट फ्लोरमा जानेछ । फिल्मलाई निरज कँडेलले छायांकन गर्नेछन् । फिल्मको सम्पुर्ण छायांकन काठमाडौंमा गरिनेछ ।

लेखक तथा निर्माता दीपेन्द्र के खनालले ‘परस्त्री’को कथा पुर्ण रुपमा नेपाली परिवेशमा तयार पारिएको विश्वका अन्य कुनैपनि फिल्मबाट प्रभावित नभएको बताए । निर्देशक खनालले निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ । योे बैशाख ३० गतेबाट प्रदर्शनमा आउनेछ ।

For More videos Log on to Mazzako TV