सर्वप्रिय गायक राजेश पायल राई, राई नबिन र रबिन राईको स्वरमा ‘मलाई मात्र हैन क्यारे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजेश, नबिन र रबिन दाजु भाई हुन् । यो गीतनै पहिलो पटक तिन दाजु भाइले संगै गाएका हुन् । उक्त गीत शुक्रबार राजेश पायल राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा राई नबिनको शब्द संगीत रहेको छ ।

महाराज थापा गीतका एरेन्जर हुन भने अजय सिंह कार्की गीतका रेकर्डिस हुन् । सार्वजनिक गीतमा तिन राई दाजुभाईको अभिनय रहेको छ । धन खलिङले भिडियोको छायांकन, सम्पादन र निर्देशन गरेका छन् । रिलिज भएको छोटो समयमा गीतले मज्जाको प्रतिक्रया पाइरहेको छ ।

राजेश, रबिन र नबिन ३ दाजुभाईको पहिलो गीत हेर्नुहोस् :

राजेश, रबिन र नबिन ३ दाजुभाईको पहिलो अन्तरवार्ता पनि हेर्नुहोस् :

For More videos Log on to Mazzako TV