बेदु सरु मगर, अन्जु पन्त र मेलिना राइको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुबमा ‘गोठालो जान्छौ कि’ बोलको गीत सार्वजनिक भएको हो । गीतलाई दिनेश सुवेदीले रचना गरेका हुन् भने संगीत स्वयम् गायक मगरकै रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा पुष्प खड्का , गरिमा शर्मा , सुमी मानन्धरको अभिनय रहेको छ । गीतको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन, मौसम हिमालीको कोरियोग्राफी सँगै निर्देशन रहेको छ ।

For More videos Log on to Mazzako TV