लोकप्रिय गायिका रजिना रिमालको आवाजमा ‘बैना रुमाल’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रजिनासंगै गायक युनिस शाहीको पनि स्वर रहेको छ । गीतमा शब्द संगीत स्वोयम गायक युनिस शाही रहेको छ । गीतका एरेन्जर संजिब बराइली हुन् ।

गीतको भिडियोमा मोडल गरिमा शर्मा र निरन्जन प्रधानको अभिनय रहेको छ । साथै सुरत हुमागाईं र गोमा न्यौपानेको पनि अभिनय देख्न सकिन्छ । सार्वजनिक भिडियोमा सिनेमाटोग्राफी उत्तम हुमागाँईको रहेको छ । हरि हुमागाईंले भिडियोको निर्देशन र सम्पादनका काम सम्हालेका छन् । गीत ‘क्रीएतिभ ह्याट्स’ युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

For More videos Log on to Mazzako TV