आजबाट फिल्म ‘चुरीफुरी’ प्रदर्शनमा
आज शुक्रबार आजबाट फिल्म ‘चुरीफुरीझ प्रदर्शनमा आएको छ । ऋषिराज आर्चाय निर्देशित कमेडी र सामाजिक कथावस्तु उठान गरिएको फिल्मले अस्ट्रेलिया जाने क्रममा ठगिएको एक युवकको बारेमा देखाएको छ । फिल्मले गीत तथा ट्रेलरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

ऋषिराज आचार्यकै कथा, पटकथा रहेको फिल्ममा अभिषेक श्रेष्ठ, पूजा पन्त, रवीन्द्र झा, शिशिर भण्डारी, सुबोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्राचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभिनय रहेको छ ।
विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी यो फिल्मको सह निर्माता हुन् । राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन रहेको समावेश छ ।