एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै प्रदर्शन मिति तय गरिएको छ । फिल्म आगामी चैत्र ११ गतेबाट अलनेपाल प्रदर्शनमा आउने भएके हो ।
सार्वजनीक तीन फस्र्टलुक पोस्टर मध्ये एउटामा फिल्मका प्रमुख अभिनेता बिक्रम डि जोशी ‘एंग्री म्यान’ को रुपमा प्रस्तत छन् । अर्काे एउटा पोस्टरमा नायक जोशी नायिका दीपीकासँग ‘डिफेन्डिङ मुड’ देखिएका छन् भने अर्काे एक पोस्टरमा नायक जोशीका साथमा नायिकाहरु प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई र बिक्रान्त बस्नेतलाई प्रस्तुत गरिएको छ ।

सत्य घटनामा आधारित सामाजीक कथानक फिल्ममा बिक्रम डि.जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको अभिनय देख्न पाइने छ ।

युके र नेपालमा छायांकन गरिएको फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा र सम्वादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले साथ दिएका छन् । निर्देशक बोहराकै शब्द रहेको फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेका गीतमा बिष्णु देवाको कोरियोग्राफी छ ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को सहनिर्मातामा सबिता गुरुङ छिन् भने डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन मित्र छ । फिल्मको सहायक निर्देशकमा मार्लाेभ ढुंगाना र सीमा गुरुङ अनि मुख्य सहायक निर्देशमा सुदीप कुँवर र एलिस अधिकारी छन् । कोरोनाका कारण सुस्ताएको नेपाली फिल्मको बिश्वब्यापी बजारलाई आफ्नो फिल्मले नयाँ उचाइमा पुर्याउने बिश्वास निर्देशक बोहराको छ ।

For More videos Log on to Mazzako TV