फिल्म ‘आकाशे खेती’ को फष्ट लुक्स सार्वजनिक गरिएको छ । एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको फिल्म सामाजिक परिवेश लाई हास्य प्रद्धान रुपमा समेटिएको फिल्मका निर्देशक उदय सुब्बाले जानकारी दिए।

उदय सुब्वाको निर्देशन रहेको यो फिल्ममा निता ढुङ्गाना, विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनय छ । फिल्ममा विकाश चौधरी र बादल लिम्बुको सङ्गीत रहेको छ ।

फिल्ममा राजु किरातीको द्वन्द्व, सुजन बडाल सम्पादन , विक्रम डिसीको छायाँकन ,राम जी लामिछाने र राजिव सिंहको नृत्य निर्देशन रहेको छ ।फिल्ममा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । फिल्मलाई  फागुन २७ गते प्रर्दशन गरिने भएको छ ।

For More videos Log on to Mazzako TV