Rajesh Ghataniयतिबेला चलचित्र ‘बितेका पल’ लिएर निर्माता राजेश घतानी युरोप टुरमा छन् । युरोपका विभिन्न देशहरुका उनले चलचित्रको प्रर्दशन गरिरहेका छन् । नेपालमा प्रर्दशन भईसकेको चलचित्र ‘बितेका पल’ले विदेमा पनि दर्शकको मन जित्न सफल भईरहेको निर्माताको भनाई छ । अमेरिका, अष्टेलिया, जापान, कोरिया र अरबका विभिन्न देशहरुमा चलचित्रले प्रर्दशन भईसकेको छ ।

सोमबार जर्मनी म्युनिस्टर शहरको बेनो हाउसमा चलचित्रको प्रर्दशन गरियो । लोकल टिभी प्रसारण गर्ने हल बेनो हाउसमा सिनेमा हेर्न डेढ सय किलोमिटर टाढा पर्ने सहर एसन र ओमर हाउजेनबाट पनि धेरै नेपालीहरु आएका थिए ।

चलचित्र प्रर्दशनको आयोजना युरोपियन हिमालय एसोसिएसनले गरेको हो । हल ब्यबस्थापन अन्तराष्ट्रिय नेपाली कलाकार समाजले गरेको थियो । चलचित्र प्रर्दशनको लागि युरोपियन हिमालय एसोसिएसनका अध्यक्ष मानकाजी नेपाली, अन्तराष्ट्रिय कलाकार समाजका शिखर खड्का र लिटिल बुद्व रेष्टुरेन्टका टंक लम्सालले विशेष सहयोग गरेको निर्माता घतानीले मज्जाको अनलाईनलाई टेलिफोनमा जानकारी गराएका छन् ।

चलचित्र हेर्न पुराना कलाकार शुशील खड्काको पनि उपस्थिति पनि रहेको थियो । ‘धेरै पछि नेपाली चलचित्र हेरियो चलचित्र एकदमै मनप¥यो, सबै कुरा समेटिएको उत्कृष्ट फिल्म बनेको रहेछ’ विगत १३ बर्षदेखि म्युनिष्टरमा रेष्टुरेन्ट सञ्चालन गरिरहेका टंक लम्सालको प्रतिक्रिया यस्तो छ ।

1

युरोपका बेलियम, होल्याण्ड, डेनमार्क, जर्मनी, हेमवर्ग, फ्रेङ्गकफर्ड, म्युनिख लगायतका ठाँउहरुमा १५ वटा भन्दा बढी सोहरु भईसक्यो ।  १६ तारिकमा एन्ड्रोजेनमा २ वटा सोहरु हुने भएको छ । स्थानिय चौतारी रेष्टुरेन्टमा चलचित्रको प्रर्दशन गरिनेछ ।

2

त्यस्तै हेमवर्गमा १७ तारिकको दिन बितेका पल प्रर्दशन हुनेछ ।स्थानिय समयअनुसार राती १ बजे चलचित्रको प्रर्दशन गरिनेछ । स्थानिय मुड थिएटरमा चलचित्रको प्रर्दशन गरिने निर्माता घतानी जानकारी गराउछन् ।

6

सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको चलचित्र ‘बितेका पल’ त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको सिनेमा हो । चलचित्रमा केकी अधिकारी, बाबु बोगटी र अविनाश गुरुङ्गलाई मुख्य भुमिकामा देख्न पाईन्छ ।

7

9

For More videos Log on to Mazzako TV