ऋषिराज आचार्य निर्देशित यही पुष ९ गतेबाट प्रदर्शनमा आउने कमेडी फिल्म ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । अष्ट्रेलिया राइट्स ‘बेलेक ब्रोस इन्टरटेन्मेन्ट’ ले आइतवार खरिद–बिक्री सम्झौतामा हस्ताक्षर भएको निर्देशक ऋषिराज आचार्यले बताए । यो फिल्मको अष्ट्रेलिया राइट्स महंगोमा मुल्यमा बिक्री भएको निर्देशक आचार्यले बताए ।

फिल्मको ट्रेलर तथा गीत हेरेपछि फिल्म मनपराएर प्रदर्शनको इच्छा ‘बेलेक ब्रोस इन्टरटेन्मेन्ट’ ले देखाएको थियो । नेपाल प्रदर्शन लगत्तै ‘चुरीफुरी’ अष्ट्रेलियाका बिभिन्न शहरमा प्रदर्शन हुनेछ । अन्य देशहरुमा पनि फिल्मको राइट्स बिक्रीको विषयमा छलफल भइरहेको छ ।’ निर्देशक आचार्यले बताए ।

ऋषिराजले नै निर्माण गरेको फिल्ममा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे), अभिषेक श्रेष्ठ, सोना बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसी प्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनय छ ।

राहुल राईले खिचेको फिल्मलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । दीपक शर्माको संगीत, कोरियोग्राफी भीमफेदी गाइज छ । रिना ढकाल (भण्डारी) पनि निर्माता रहेको फिल्मको सह निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी छन् ।

For More videos Log on to Mazzako TV