एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री उपासना सिंह ठकुरी नियुक्त भएकी छन । यूबा पुस्ताकी चर्चित यि अभिनेत्रीलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले यस अघि पनि एक बर्षका लागि आफ्नो सस्थाको ब्राण्ड एम्बेस्डरमा नियु्क्त गरेको थियो भने यो पटक सिंहलाई पुनः नियुक्त गरेको हो । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रमबीच सस्थाका कम्प्लाइन्स म्यानेजर नबराज प्रसाईले यूबा पुस्ता मांझ उपासनाको क्रेज र बिध्यार्थीहरू माँझ सस्थाको बारेमा उपासनाले गरेको सकारात्मक प्रबाहका कारणले ने उनलाई पुनः ब्राण्ड एम्बस्डरको रूपमा नियुक्त गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा सस्थाका ब्यबस्थापक संयोजक ईश्वरराज मैनालीले एजुकेशन एण्ड माइग्रेसन कर्नरलाई अभिनेत्री उपासना सिंह ठकुरीको आबद्दताले उचाई प्रदान गरेकोमा प्रसन्नता ब्यक्त गरे । अभिनेत्री उपासना सिंहले आफूलाई बिश्वास गरेर सस्थाले पुनः ब्राण्ड एम्बस्डरको रूपमा नियुक्त गरेकोमा खुशी ब्यक्त गरिन -‘ सस्थाले म माथि गरेको बिश्वासलाई म डगमगाउंन दिन्न -‘ उनले बिभिन्न देशमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने बिध्यार्थीहरूका लागि एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई छान्न आग्रह समेत गरेकी छन ।

एजुकेसन एण्ड माइग्रेसन कर्नर अष्ट्रेलिया,सिड्नी निर्देशक सुनिल उप्रेतीले पछील्लो समय यूबा पुस्ताकी प्रिय अभिनेत्री उपासना सिंह ठकुरीको सस्थामा पुन आबद्दता बिध्यार्थीहरूकै माग र चाहनाको परिणाम भएको कुरा बताए । उनले अगाडि भने -‘ आफूले पाएको जिम्मेवारी निभाउने मामिलामा सधैं अग्रसर हुने उपासनाको बानीले पनि उनलाई पुनः हामीले ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेका हौं ।

यसैबीच सस्थाले बिध्यार्थीहरूका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।जानकारी दिइए अनुसार पौष ७ मा काठमाण्डौ,पौष ९ पोखरा,पौष ११ इटहरी ,पौष १२ दमक,पौष १३ बिर्तामोड,पौष २३ हेटौंडा,पौष २४.चितवन र पौष २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

For More videos Log on to Mazzako TV