फिल्म ‘चिसो एष्ट्रे’ चैत ४ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्ममा गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्राको कथा समेटिएको छ । फिल्मलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । उनले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए । जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

फिल्ममा दिव्यदेवले प्रमुख भूमिका निर्वाह गरेका छन् भने निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ लगायतको समेत अभिनय छ । दिव्यदेव नेपाली र अंग्रेजी नाटकका उम्दा कलाकार हुन् भने नविनले ‘राहदानी’, ‘कारखाना’ आदि फिल्ममा काम गरिसकेका छन् । निकुन श्रेष्ठ, ‘छड्के’ र ‘झिग्राना’ मा रुचाइए काकलाकार हुन् ।
कंगारु क्रिएसन र लोकलसिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेश बाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् ।

फिल्ममा दिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्ममा संगीत अजर जंगमको रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

For More videos Log on to Mazzako TV