फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई डरलाग्दो किसिमबाट देखाइएको छ ।

यहि पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा शाक्य, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलार्ई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन् ।

फिल्म हरर भए पनि यसले नेपाली माटोको कथा भन्ने बताइएको छ । सिनेमाले भूत प्रेत, तन्त्र मन्त्रको कथालाई समेटेको कार्यकारी निर्माता सम्पदा मल्लले बताइन् ।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’ को सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन्। ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल सिनेमामा बजार ब्यवस्थापकको रुपमा जोडिएका छन्।

For More videos Log on to Mazzako TV