नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनले अन्तर्राष्ट्रिय रेस्लिङ गर्ने भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा विभिन्न देशका विभिन्न खेलाडीहरुले खेल प्रस्तुत गर्नेछन् । जसमा चर्चित रेस्लर अस्मिता जुरेली भने अमेरिकी रेस्लरसँग भिड्दै छिन् ।

कार्यक्रममा अमेरिका, पाकिस्तान, भारत र नेपाली खेलाडीहरुको उपस्थिति रहने फाउन्डेसनका संस्थापक अध्यक्ष एवं नेपालको पहिलो महिला रेस्लर भगवति खड्का युनिकाले बताइन् ।
अमेरिकी महिला खेलाडी पोलान्को नेफ्रेटिरीसँग नेपाली चर्चित महिला खेलाडी जुरेली, पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो भिड्दै छन् ।

त्यस्तै भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हु¥र र नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गिता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ्ग भिडन्त हुने छ । खेल दिउँसो १२ बजे देखि ५ बजेसम्म हुनेछ ।

For More videos Log on to Mazzako TV