नायिका पूजा शर्मा चलचित्रसँगै म्यूजिक भिडियोमा पनि निक्कै व्यस्त छिन् । उनले, लकडाउनपछि दर्जनौ भिडियोमा काम गरेकी छिन् । उनै, पूजाले मोडल प्रदीप लामासँग नयाँ भिडियोमा सहकार्य गरेकी छिन् ।

‘जुलेबी’ बोलको गीतको भिडियोमा पूजा र प्रदीपको रोमान्स हेर्न सकिन्छ । यो गीतमा अस्मिता अधिकारी र अमृत घोले लामाको स्वर, शंकर थापा ‘स्माइल’को शब्द, गणेश शाहीको संगीत छ ।

भिडियोमा प्रदीप लामाको कोेरियोग्राफी तथा निर्देशन, सुशान प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । भिडियोमा गायक लामाको लगानी छ ।

For More videos Log on to Mazzako TV