गायक यम बरालको स्वरमा रहेको गीत ‘खुसीको गीत’ को भिडियो निर्माण गरिएको छ । वीरेन्द्रकुमार बलामीको शब्द, राजकुमार बगरको संगीत र मिक्सिङ तथा कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो बुडासुब्बा डिजिटल युट्युबमार्फत रिलिज भएकोछ । सञ्चारकर्मी कुमार आचार्यको निर्देशन रहेको भिडियोमा रमेश क्षेत्री, रितिष्का क्षेत्री र अनामिका कार्किको अभिनय रहेको छ ।

भिडियोमा विनयराज पौडेलको मुख्य सहायक निर्देशन, सुरजसिंह भण्डारीको ड्रोन, अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन छ ।

For More videos Log on to Mazzako TV