गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा ‘उकालो बाटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।

अम्बिका थापाको प्रस्तुति रहेको भिडियोमा महेश खड्का र सृष्टि खड्का फिचर्ड छन् । भिडियोमा उनीहरुको रोमान्टिक भावलाई देख्न सकिन्छ । भिडियोमा मदनकश्यप घिमिरेको छायांकन, राजेश कुमारको कलर, तारा थापा ‘किम्भे’को सम्पादन, कृष्ण लिम्बुको कोरियोग्राफी, विकास अधिकारीको सहायक कोरियोग्राफी छ । गोविन्द राई निर्देशित भिडियोमा अम्बिका थापा र सुवर्ण थापाको लगानी छ ।

For More videos Log on to Mazzako TV