चर्चित संगीतकार बसन्त सापकोटाको शब्द, संगीतमा ‘तिम्रै हुन मन लाग्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । गायिका मेलिना राईको स्वरमा गीत सुन्न सकिन्छ ।

भिडियोमा गायक तथा कलाकार प्रकाश सपुत र नायिका मिरुना मगरले अभिनय गरेका छन् । भिडियो रिलिज कार्यक्रममा संगतिकार बसन्त सापकोटा नायिका मिरुना मगर, गायक प्रकास सपुत र भिडियोका निर्माता कैलाश राईको उपस्थिति रहेको थियो ।

‘तिम्रै हुन मन लाग्यो’ गीतको भिडियोलाई कैलाश राईको निर्माण गरेका हुन् । सिक्किमका व्यावसायी राईले यस अगाडी ‘मैं साबले’ जस्तो सफल गीतको भिडियो निर्माण गरेका थिए । यो भिडियो पनि सफल हुनेमा निर्माता राईले बताए । कार्यक्रममा बसन्त, प्रकाश र मिरुनाले अडियो तथा भिडियो राम्रो बनेको भन्दै दर्शकको साथ मिल्ने आशा राखे ।

For More videos Log on to Mazzako TV