रचाना रिमाल र महेन्द्रराज बरालको स्वर रहेको ‘खुसी बाँडे बढ्छ खुसी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द र संगीत रहेको गीतको भिडियो बुधबार राजधानीमा एक कार्यक्रम गर्दै रिलिज गरियो । भिडियोमा प्रकाश सपुत र गरिमा शर्मा लगायत कलाकारहरुको अभिनय छ ।

रोयल पेन्ट्सको प्रस्तुती रहेको दशैंको भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन गरेका छन् । कोरियोग्राफी जेरी भण्डारीको छ भने क्रियटिभ निर्देशको रुपमा विशाल घिमिरे छन् । अनिल के.मानन्धरको छायाँकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन् । साथै बुधबार सर्जक प्रकाश सपुतलाई रोयल पेन्ट्सको दूतको रुपमा घोषणा गर्दै भिडियो दशैं गीतको सार्वजनिक गरिएको हो ।

For More videos Log on to Mazzako TV