अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक महंगो पारिश्रमिक लिएर म्युजिक भिडियोमा छमछमी नाचेकी छिन् । निर्देशक माइकल चन्दले साम्राज्ञीलाई आकर्षक ढंगले भिडियोमा प्रस्तुत गरेका छन् । माइकल निर्देशित साम्राज्ञीको अभिनय रहेको ‘माया पिरेम’ बोलको गीतको भिडियो बुधबार एक कार्यक्रमका बिच सार्वजनिक गरियो ।

भिडियोमा साम्राज्ञीसंगै अलिसा शर्मा, देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको अभिनय रहेको छ । यो गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर, शंकर स्माइलको संगीत, डीपी खनालको शब्द छ । गीतको भिडियोमा सिलन लम्सालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोेबाट दुई नयाँ कलाकार देलविस र राजले संभावना देखाएका छन् । यी दुई कलाकार चाडै नै चलचित्र क्षेत्रमा पनि डेब्यू गर्ने तयारीमा छन् ।

भिडियोलाई उत्कृष्ट बनाउन निर्देशक माइकल चन्द र निर्माण कम्पनी ट्री इन्टरटेन्मेन्टले कुनै कसर बाँकी राखेका छैनन् । भिडियोमा दिनेश दर्शनधारी र यशोधा राइको लगानी छ ।

For More videos Log on to Mazzako TV