सजल न्यौपानको संगीत र स्वरमा ‘सोध न !’ बोलको गीत रिलिज गरिएको छ । गीतका शब्द एल.आर राणाले लेखेकी हुन् । अनुप चापागाईं निर्देशित गीतको भिडियो यस्तो बनेको छ । 

लभ रोमान्टिक गीतको भिडियोमा गायक तथा संगीतकार सजल र मोडल श्रेया सिटौला फिचर्ड छन् । भिडियोमा सजलसँग श्रेयाको जोडी सुहाएको देखिन्छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

आईतबार प्रेसमिट गर्दै ‘सोध न !’को भिडियो रिलिज गरिएको हो । कार्यक्रममा भिडियो राम्रो बनेको भन्दै दर्शकबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा रहेको अनुप, सजल र श्रेयाले बताए ।

For More videos Log on to Mazzako TV