नायिका सोनाक्षी सिन्हाले बलिउडमा नायक सलमान खानको साथमा इन्ट्री गर्ने सौभाग्य प्राप्त गरेकी थिईन । उनी सिनेमामा निकै सफल भएकी छिन् । उनलाई यतिबेला कामले भ्याईनभ्याई छ । उनै सोनाक्षीले यतिबेला साउथमा आफ्नो करियरको श्रीगणेश गर्ने भएकी छिन् । उनी साउथका सुपरस्टार रजनीकान्तसँग चलचित्रमा काम गर्ने भएकी छिन् ।

Sonakshi and rajnikant
चलचित्र ‘लुटेरा’मा उनले गरेको जबरदस्त अभिनयका कारणले उनले रजनीकान्तको मन पनि जितेकी छिन् । सुन्नमा आएअनुसार सोनाक्षी यतिबेला रजनीकान्तसँग मैसूरमा आफ्नो फिल्को सुटिङ्ग गरिरहेकी छिन् । सोनाक्षीको काम गर्ने प्रोफेसनल तरिका, कुनै पनि सानो भन्दा सानो कुरा सिक्ने उनको चाहनाले गर्दा पनि रजनीकान्त सोनाक्षीबाट निकै प्रभावित भएका छन् ।

सोनाक्षीले साथउको फिल्मके स्टाईलाई पनि चलचित्रमा हुबहू उतारिरहेकी छिन् । नजानेको भाषा भएपनि उनले गरेको अभिनय हेर्दा त्यस्तो लाग्दैन । उनको काममा पर्फेक्टनेस हेर्न पाईनेछ । बलिउडमा तहल्का मच्चाएकी नायिका सोनाक्षीले के साउथमा पनि तहल्का मच्चाउछिन त ? त्यो भने हेर्न बाँकी छ ।

For More videos Log on to Mazzako TV