चर्चित युवा ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी अभिनित ‘जय जय निलकण्ठ’ भजनको फस्र्ट लुक पोस्टर सार्वजनिक भएको छ । चर्चित नायिका नीता ढुंगानाको नीता फिल्मस्को ब्यानरमा निर्माण गरिएकोे भजन हालसारै पोखरामा सुटिङ भएको हो । पोस्टरमा हरिहरलाई निकै फरक शैलीमा प्रस्तुत गरिएको छ ।

उक्त भजनमा सुगम पोख्रेलको स्वर रहेको छ । हरिहर अधिकारीले लेखेको भजनलाई बिशाल निरौलाले संगीत भरेका हुन् । भिडियोलाई सन्जय लामाले खिचेका हुन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । हरिहर अधिकारीकै कन्सेप्ट रहेको भिडियोलाई नीता ढुंगानाले निर्देशन गरेकी छिन् ।

नीता फिल्मस् को ब्यानरमा यसअघि गणेश भजन निर्माण भएको थियो । जस्ले निकै मज्जाको प्रतिक्रिया पायो । त्यस्तै नीता फिल्मस् को ब्यानरमै धार्मिक सिरिज श्रीमद्भगवद् गीताको पनि निर्माण घोषणा भैसकेको छ ।

For More videos Log on to Mazzako TV