निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा देखिएका छन् । सार्वजनिक गीतलाई प्रदिप चापागाईले लेखेका हुन् । गीतमा संगीत दीपक शर्माको छ । एरेन्ज उदय राज पौडेल को सुन्न सकिन्छ । म्युजिक भिडियो निर्दशक शान थापाले निर्दशन गरेका छन् ।

No description available.

भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन ,सरिता प्रजापतिको मेकअप , राजिव समरको कोरियोग्राफी र अनुस्का डिसीको ड्रेस देख्न सकिन्छ । म्युजिक भिडियोलाई गीतकार प्रदिप चापागाईको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

For More videos Log on to Mazzako TV